बारा ।। जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न स्थानमा रहेका अवैध गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ ।निजगढको थली भञ्ज्याङमा लगाइएको अवैध गाँजा खेती नष्ट गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो।अभियान अनुसार ५ बिघा १० कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको उँहाले बताउनुभयो। मंसिर १६ गतेदेखि गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय निजगढको टोलीले दुई दिनदेखि गाँजा नष्ट गरिरहेको छ । पहिलो दिन प्रहरी उपरीक्षक पंगेनी स्वयं गाजा खेती नष्ट गर्न लाल पुगेका थिए ।थली भन्ज्याङमा २ बिघा १० कठ्ठा र लाल टोलमा ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । थली भञ्ज्याङमा ऐलानी जग्गामा र लाल टोलमा मकैभित्र गाँजा खेती गरिएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here