काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप १९७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म देशभरमा कोरोना संक्रमित हुनेको संख्या २२४०७८ पुगेको छ।
तयस्तै पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमति निको भएका छन्। यससँगै देशभरमामा कोरोना संक्रमण भएर निको हुनेको संख्या २०४८५८ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। यससँगै देशभरबाट कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्म १३६१ पुगेको छ।
यस्तै आज १०८४३ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६८१२९९ वटा नमूना पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा १७८५९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् भने ६२७ जना क्वारेन्टिनमा बसिरहेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












