काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा देशभर १४७७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या २०९७७६ जना पुगेको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा ३५१२५ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७९८ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १७३४३० पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज ६४७६ वटा नमूनाको पीसीआर परीक्षण भएको छ। हालसम्म देशभर १६०९०७९ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हाल मुलुकमा १०२१ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here