रौतहट ।। छठ पुजाको तयारी भइरहेको बेला जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नम्बर ४ का सासंद पदका उमेदवार कन्तमणी प्रसाद जयसवालले गरुडाका १११ जना छठ व्रतालुहरुलाई साडीसहित कपडा बितरण गरेको छ । ब्रतालुलाई आइतबार एक कार्यक्रमका साथ कपडा सहयोग गरेका हुन । जयसवालले गरुडा नगरपालिकाको वडा नम्बर २ गेडही गुठीका एक सय एघार जना छठ पर्वमा व्रत बस्ने व्रतालुहरुलाई साडी ,ब्लाउज र चुरा लगायतका सामग्री सहयोग गर्नु भएको हो । गरुडाको माध्यमिक विधालय गेडही गुठीको प्राङ्गणमा आईतवार विहान भएको सो साडी बितरण कार्यक्रममा स्थानीय भद्रभलादमी विधालयका प्रधानाध्यापक जंगबहादुर ठाकुर , लगायत स्थानियको बाक्लो सहभागीता जनाएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here