काठमाडाैं ।। बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोली मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी स्वदेश फर्किएको छ । राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गर्नुभयो । राजकुमार खलिफाले आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित भएको र नेपालमा नै बसौं बसौं लागेको प्रतिक्रिया दिनुभयो । राजकुमारसहित १८ जनाको टोली १ महिना ७ दिन नेपाल बसेको थियो । आफ्नो अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिवद्धता पनि राजकुमार खलिफाले व्यक्त गर्नुभएको छ । मन्त्री भट्टराईले नेपालको हिमाल आरोहण गरेर पुरै मध्य पूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार गरेको भन्दै राजकुमार खलिफाप्रति आभार व्यक्त गर्नुभयो । बहराइनसँगको हवाइ उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन पनि मन्त्री भट्टराइले आग्रह गर्नुभयो । नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो । टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here