काठमाडाैं ।। सरकारले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको रोकथाम तथा उपचार सम्बन्धी असोज २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार निजी, सामुदायिक, मेडिकल कलेज, सरकारी तथा प्रतिष्ठानहरुलाई कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टरजागेश्वर गौतमले यसअघि निजी तथा सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि २० प्रतिशत तथा मेडिकल कलेज र प्रतिष्ठानलाई ३३ प्रतिशत बेड छुट्याउन निर्देशन दिएकोमा त्यसलाई परिवर्तन गरेर ५० प्रतिशत पु¥याइएको बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here