रौतहट ।। रौतहटमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा कटहरिया नगरपालिका ७ वगही र माधवनारायण नगरपालिका ७ मा अलग छुटाछुटै स्थानमा कोरोना संक्रमितको शव ईन्द्रबक्स गण गौरबाट गएका तालिम प्राप्त नेपाली सेनाको टोलीले ब्यवस्थापन गरेको हो ।

कोरोना संक्रमण भई बीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० वर्षीय एक पुरुषको बगही गाँउ छेउमै सेनाको टोलीले शनिबार बेलुकी शव ब्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँडले बताएका छन् ।त्यसैगरी कारोना संक्रमित भई चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीया एकजना महिलाको उनकै गाँउ छेउमा सेनाले शव ब्यवस्थापन गरेको कर्णेल खाँडले जानकारी दिए ।

कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएर रौतहटमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here