काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार यसका साथै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७३९ पुगेको छ।
आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।











