सागर संगम , रौतहट ।। रौतहटका फतुवा विजयपुर नगरपालिका विगत केहि समय देखि बिवादका कारण राेकिएकाे नगर सभा हिजाे सम्पन भएकाे छ। जिल्लाकाे फतुअा बिजयपुर नगरपालिकाले अाफनाे चौथाे नगर सभा भब्याताका साथ सम्पन गरेका छन।नगर प्रमुख गाेपाल राय यादव र उपप्रमुख कान्ति देवी महताेले संयुक्त रुपमा दिप प्रज्वलन गरि उदघाटन गर्नु भएकाे थियाे। नगरपालिकाले चौथाे नगर सभा बाट अार्थिक बर्ष २०७७/७८काे लागि नगरको समग्र बिकासको लागि ५४ करोड २० लाख १३ हजार १३ सय १९ रुपैया बजेट प्रस्तुत गरेको छ ।नगर प्रमुख गोपालप्रसाद यादवले सभाको उद्घाटनपछि संघ, प्रदेश र राजश्वबाट हुने आम्दानी सहित कुल ५७ करोड १३ लाख १३ हजार ८ सय १३ रुपैयाको बजेट बिनियोजन गरेका थिए । यस आर्थिक वर्षमा निजी स्रोतको आम्दानी,संघ र प्रदेशबाट विभिन्न शीर्षकमा आउने अनुदानका साथै गत आर्थिक वर्ष नगरपालिकालाई प्राप्त अनुदान र राजश्व मध्ये खर्चभई बाँकी रहेको ६ करोड, ७१लाख, ९६ हजार दुईसय ३३ रुपैंया पनि समेटिएको छ ।आर्थिकबर्ष २०७७/०७८ को लागी ६ करोडको लागतमा नगरपालिका भवन निर्माण,कलकारखाना बाहेक नगरक्षेत्र भरीको बिधुत महशुल नगरपालिकाले नै तिर्ने , भौतिक पुर्वाधार निर्माण,सडक सञ्जाल,शिक्षा,स्वास्थ,कृषी,सिचाईलाई नगर सभाले बिशेष प्राथमिक्तामा राखेको छ ।नगरसभा कार्यक्रमा मेयर यादव,उपमेयर महतो,वडा ७ का अध्यक्ष सुर्यनारायण खाँ थारुले शुभकामना मन्तब्य पनि राखेका थिए । कार्यक्रममा उप मेयरकाे तर्फबाट कार्यपालिका सदस्य जेनजे लामाले बिकाश सम्बनधी कार्य बिबरण प्रस्तुत गरेका थिए ।
फतुवा बिजयपुरकाे चौथाे नगर सभा सम्पन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।