काठमाडाैं ।। पछिल्लो २४ घण्टामा थप ३ हजार १६७जनामाकोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको कोरोना सम्बन्धिनियमितजानकारीकाक्रममाप्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म सङ्क्रमितको सङ्ख्या १ लाख२९हजार ३०४ पुगेको बताउनुभयो । आजकाठमाडौंउपत्यकामामात्रै १ हजार ७ सय ४६ जनामा सङ्क्रमण देखिएको छ । प्रवक्ता डा.गौतमकाअनुसार काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा सङ्क्रमण देखिएको हो ।यो सँगै देशभरी सकृय सङ्क्रमितको संख्याहालसम्म ३८ हजार ७३७पुगेको छ । त्यसैगरी २४ घण्टामा १ हजार ८०० जनाकोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाअनुसार हालसम्मपीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार ५३१ पीसीआर परीक्षण भएका छन् । हालसम्मक्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ रहेको छ । त्यसैगरी २४ घण्टामा १२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या७२७पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here