रौतहट ।। रौतहट जिल्लाको विभिन्न ठाउमा अवैध रुपमा सञ्चालन रहेको अवैध मदिरा भट्ठीलाइ प्रहरीले नस्ट गरेको छ ।
जिल्ला अन्तर्गत अबैध रुपमा संचालन रहेको घरेलु मदिरा उत्पादन नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्र.नि. राजेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त मदिरा भट्ठी नस्ट गरेको हो ।
जिल्लाको राजपुर नगरपालिका वडा नं. ५ कुरीया गाउँ बस्ने किशुन साह रऐ.ऐ. बस्ने ननहक साह र ऐ. परोहा नगरपालिका वडा नं.५ भेडियाही गाउँ बस्ने उमाशंकर जैसवाल र ऐ.ऐ. बस्ने उमेश पटेल समेतले आ आफनो गोठ घरमा छुटा छुटै घरेलु मदिरा उत्पादन गर्ने ६ वटा भट्टीको तोड़फोड़ गरी नस्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सिद्धि विक्रम साहले जानकारी गराएको छ ।
भट्ठी तोड़फोड़ गर्ने क्रममा तयारी मदिरा अं.४० लि.कच्चा पदार्थ अं.३००० लि. सोही स्थानहरुमा पोखाई फुटाई नष्ट गरी , मदिरा उत्पादन गर्ने मेसिन थान २, ड्रम ठुलो १२ वटा बरामद गरि आवश्यक कारवाहीको लागी कार्यालयमा ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here