काठमाडाैं ।। चेन्नई सुपर किंग्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा गयराति भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईले सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्दै जित हात पारेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १सय४७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् । जितसँगै चेन्नाई अङ्क तालिकाको छैटौं नम्बरमा पुगेको छ र प्लेअफको दौड रोमाञ्चक बनेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here