काठमाडाैं ।। भारतको हैदराबादमा छाना र पर्खाल भत्किँदा ११ जनाको मृत्यु भएको छ । हैदराबादमा लगातारको वर्षाका कारण बदलागुडाको मोहम्मदिया हिल्समा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ भने इब्राहिमपटनममा घरको छाना खस्दा ३ जनाको मृत्यु भएको छ । हैदरावादमा लगातारको वर्षाका कारण विभिन्न क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण प्रभावित क्षेत्रमा उद्दारका लागि टोली परिचालन गरिएको छ । तेलङ्गानाका मुख्य सचिव सोमेश कुमारले हैहराबादमा पछिल्लो २४ घन्टामा २० सेन्टिमिटरभन्दा बढी पानी परेको र विभिन्न शहर डुबानमा परेको बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here