सर्लाही ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता चन्द्र भुषण साहले भने, “मुलकमा आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेको छ। तर यसलाई ठोस संस्थागत ढंगबाट अभ्यास गर्ने महत्वपूर्ण कडीको रुपमा रहेको प्रदेशहरुको स्थायी राजधानी तोक्ने सवालमा देशको ७ ओटा मध्य ६ ओटा प्रदेशले आ-आफ्नो स्थायी राजधानी तोकिसक्दा समेत प्रदेश नं. २ को सरकार आफ्नो कानमा तेल हालेर सुतिरहेका छन्।” यो पछौटेपनको विडम्बनापूर्ण यथार्थ सिङ्गो २ नं. प्रदेश र हामी सारा प्रदेशवासीहरुको अपमानको विषय हो।

आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रसारित भिडियो सन्देश मार्फत युवा नेता साहले भने, “समग्रमा प्रदेश नं. २ को भौगोलिक, आर्थिक, सामाजिक एवं राजनीतिक क्षेत्रको दुरगामी प्रभाव एवं महत्वलाई मध्यनजर वा आत्मसात गर्ने हो भने, प्रदेशको स्थायी राजधानीका लागी धेरै विकल्पहरु छन, जसमध्य सर्लाही लगभग हरेक हिसाबले सर्वोत्तम विकल्प हो।

उनले अगाडि थपे, “प्रदेश नं. २ को पूर्वी जिल्ला सिरहा-सप्तरी र पश्चिमी जिल्ला बारा-पर्साको बिच यानेकी मध्य भूगोलमा अवस्थित सर्लाहीको ईश्वरपुर नगरी एउटा पुरानो विरासत बोकेको स्थान हो। यो स्थान प्रदेशको अन्य स्थानको तुलनामा धार्मिक, भाषिक एवं सांस्कृतिक विविधताले पनि भरिपुर्ण छ। यहाँ मधेशी, मुस्लिम, थारू, खस-बाहुन, क्षेत्री, दलित, मगर, भोटे, तामाङ्ग लगायतका आदिवासी जनजातिहरुको समेत उल्लेख्य बाहुल्यता छ । समग्रमा हेर्दा यसलाई एउटा मिनी (सानो) नेपालको रुपमा लिन सकिन्छ । सामाजिक सद्भाव र शक्ति सन्तुलनको हिसाबले समेत यो स्थान स्थायी राजधानीको लागी उपयुक्त हो।”

प्रदेश नं. २ को पश्चिम भुगोलमा रहेको विरगंजलाई व्यापारिक तथा औद्योगिक केन्द्र, पूर्वी भुगोलमा रहेको जनकपुरलाई धार्मिक तथा पर्यटन केन्द्र र सर्लाहीलाई प्रदेश प्रशासनिक केन्द्रको रुपमा अगाडि बढाउन सके मात्र सबै प्रदेशवासिहरुको साझा जनभावनाको सही अर्थमा कदर हुने नेकपाका नेता साहको ठहर छ।

प्रदेश २ को प्रख्यात नगरी लालबन्दी-नवलपुर, हरिवन, बरहथवा, मलंगवा, गौशाला, बर्दिबासको समीपमा रहेको ईश्वरपुर-बयलबाँसमा प्रदेशको स्थायी राजधानी भएको खण्डमा सागरनाथ, मुर्तिया, सतिविहुला-जयाविषहर, नाढी ताल, टुटेश्वरनाथ लगायतका स्थानहरुलाई जोडेर पर्यटन सर्किट बनाउन सकियो भने, प्रदेश नंबर २ मा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रीय पर्यटनको प्रचुर सम्भावना बढेर जानेछ। जसबाट प्रदेश नंबर २ को साथसाथै सिङ्गो मुलुकको पनि आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योग्दान पुग्ने नेता साहले जिकिर गरे।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here