काठमाडाैं ।। आज देशभर पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार आज १५०३ जना कोरोना संक्रमण निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ७८७८० पुगेको छ।
आजनेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।
आजको पीसीआर १५५७७ छ भने क्वारेन्टिनमा ४७९५ जना रहेका छन्।  हाल आईसीयूमा ३०७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ।

मुलुकमा हाल सक्रिय संक्रमितको सख्या ३५९१५ जना रहेका छन्। तीमध्ये १५०४८ जना संस्थागत आइसोलेसनमा र २०८६७ जना होम आइसोलेसनमा रहेका छन्। 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here