रौतहट ।। विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति रौतहटको बैठक बुधवार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । सनातन धर्मको रक्षा गर्ने उदेश्यले गठित समितिको विस्तार , सुदृढ़ीकरण , उर्जाबान बनाउने विषयमा गहन छलफल गरी आगामी दिनमा गरिने कार्य योजनाको तयारी गर्नको लागि बैठकको आयोजना गरिएको थियो ।
जिल्ला समितिको बैठकमा विश्व हिन्दू परिषद् नेपालका संगठनका राष्ट्रिय संत मार्ग दर्शक मंडलका पूज्य संत सौरभनाथ महाराजले आफ्नो संतानत धर्म ,सस्कृति ,परम्परा जोगाउने प्रति हिन्दू धर्मावलीहरुलाई उत्सुकता देखाउनु पर्ने बताउनु भएको छ ।
राजनितिक , सामाजिक , रुपमा सनातन धर्म ,सस्कृति प्रति सडयंत्र पूर्वक आक्रमण गर्ने कार्य भैरहेकोले धर्मको रक्षार्थ हिन्दू समाजका अगुवा हरुले चासो लिनु पर्ने धारणा व्यक्त गरे । विश्व व्यापी रुपमा हिन्दू धर्म ,हिन्दू धर्मवालीहरुलाई विभिन्न बहानामा समाप्त पर्ने कार्य हुदै गइरहेको बताउँदै बैरागी सौरभनाथले अव आफ्नो धर्मको रक्षको लागि अघि बढ्नुको विकल नरहेको जिकिर गरे ।
बैठकमा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय महासचिव जीतेन्द्र सिंहले विश्वमा पहिचान बनाएको एक मात्र हिन्दू राष्ट्र नेपाललाइ विना कुनै एजेण्डाको धर्म निरक्षेप राष्ट्र घोषणा गरी हिन्दुत्वको पहिचान मिटाउने भएको राजनितिक दुष्प्रयासले सनातन धर्म नै संकटमा परेको उल्लेख गरे । उहाले धर्म परिवर्तन गराउने समूहले हिन्दू धर्म माथि नै प्रहार गर्दै गरेकोले सजग सतर्क हुनुको विकल नरहेको जिकिर गरे ।
आफ्नो राजनितिक बचाउनका लागि नेपाल सरकारका नेतृत्व गर्ने दलले सडयंत्र पूर्वक राम मन्दिर तोड़ने , धर्म परिवर्तन गराउने समूहको संरक्षण गर्ने कार्य गरिरहेको आरोप समेत लगाए । राजनितिक भावनाबाट माथि उठेर धर्म सस्कृतिको रक्षाको लागि एकजुट भएर अघि बढ़न आग्रह गर्नु भयो । जिल्ला समन्वय समितिका उपाध्यक्ष राम असीस राय यादवले पटक पटक हिन्दू समुदाय र हिन्दू धर्म ,धार्मिक स्थल प्रति हुदै गएको आक्रमण प्रहारबाट पनि हिन्दू समुदायका व्यक्तिहरू संगठित नहुनु दुखको कुरो भएको भन्दै चिंता व्यक्त गरे ।
जनता समाजवादी पार्टीका नेता किरण साहले राजपुरमा विभिन्न पर्व ,उत्सव , विबाह लगायतका हिन्दूहरुको कार्यक्रम ,धार्मिक स्थलमा आक्रमण हुने गरेको बताउँदै हिन्दूहरुको समस्या जटिल रहेको जनाए ।
बैठकमा जिल्ला कार्य समितिलाइ सशक्त रूप दिनु पर्ने , प्रत्येक स्थानीय तह , क्षेत्रीय स्तरीय , वड़ा स्तरीय कमिटी गठन गर्नु पर्ने , समिति लाइ आर्थिक रुपमा बलियो सक्षम बनाउनु पर्ने विषयमा छलफल गरिएको थियो । सरकारले शिक्षामा पहिला हुदै आएको नैतिक शिक्षा , संस्कृत विषयको पठन पाठन पुनः सुचारु गराउनु पर्नेमा सामुहीक रुपमा जोड़ दिएको थिए ।
श्री नारायण झाको सभापतित्वमा समपन्न भएको बैठकमा पुर्व प्रधानाध्यापक दीर्घ नारायण झा , भाग्य नारायण मिश्र , पुर्व निर्वाचन कार्यालय प्रमुख धन्नजय झा , आलेक पाण्डेय, सल्लाहकार समितिका सदस्य अधिवक्ता राजिव कुमार सिहं , गृसनान्दन सिहले संगठन मजवुत बनाउनु पर्ने विषयमा आ आफनो राय सल्लाह सुझाव दिदै सके सम्म सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन ।





