रौतहट ।। शिक्षा क्षेत्रमा देखिएका माफिया तन्त्रको अन्त्य गर्नु पर्ने मांग गर्दै २३ औ पटक सत्याग्रहमा बस्नु भएका डाक्टर गोविन्द केसीको समर्थनमा रौतहट जिल्ला को सदरमुकाम गौर स्थित मधेशी क्रान्ति चौकमा स्वतंत्र युवाहरुको समूहले मैनवती सहित प्रदर्शन गरेका छन ।
शिक्षा क्षेत्रमा जड़ो गाडेका माफियालाइ समाप्त गरी निशुल्क शिक्षाको व्यवस्था गर्नु पर्ने लगायतका मांग राख्दै विगत २५ दिन देखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द के सीको आन्दोलनमा थप बल पुर्याउने उदेश्यले युवाहरुले प्रदर्शन गरेका हुन ।
चर्को मूल्य तिरेर मेडिकल अध्यन्न गर्नु पर्ने अवस्थाको अन्त्य गर्नु पर्ने अड़ान डाक्टर केसीको जायज रहेको भए पनि भ्रस्टाचार अनियमिता अन्यायमा डुबेका नेकपा नेतृत्वको सरकारलाइ उज्यालोको मार्फत देखाउनलाइ कैंडल सहित प्रदर्शन गरेको युवाहरुले बताएका छन । पटक पटक आन्दोलन संघर्ष गर्दा पनि सरकारले कुनै बस्ता नगरी मस्त निद्रामा सुतेको स्वास्थ्यकर्मीहरुले आरोप लगाएका छन ।
प्रदर्शनमा सहभागी भएका जनता समाजवादीका नेता रेवन्त झाले डाक्टर गोविन्द केसीको मांग युवाहरुको भविष्य सीत जोडिएकोले तत्काल मांग पूरा गर्नु पर्ने बताउनु भएको छ । पटक पटक अनशन बस्नु पर्ने बाध्यताको सरकारले अन्त्य गर्नु पर्ने धरना राख्दै शिक्षा क्षेत्रमा रहेको माफिया तन्त्र समाप्त नभए सम्म शिक्षामा सुधार नहुने दावी गरे ।
वार्ताको नाममा सरकारले नौटंकी गरिरहेको भन्दै नेता झाले भने सीधै मांगको सम्वोधन गर्नु पर्यो । उनले अघि थपे यो सरकार नेपाली नागरिक को अधिकार प्रति गंभीर देखिएको छैन । आफ्नो स्वार्थ पूरा गर्ने कार्य गर्दै आएको वर्त्तमान सरकारले मुलुकमा बढेका भ्रस्टाचारी , छडापन , दण्डहीनता , हत्या ,बलात्कार जस्ता घटना विकृति हटाउने तरफमा अग्रसर नभएको बढाउने खेलमा लागेको आलोचना गरे ।
जायज मांग राख्दै सत्याग्रह गर्दै आएका डाक्टर केसी को लामो समयको अवधिमा केहि चासो नदखाई चुप लागेर जनता प्रतिको जिम्मेवारी गुमाएको आरोप समेत नेता झा ले लगाए ।
विद्यार्थीको लागि अनशनरत रहनु भएको डाक्टर केसी को समर्थनमा देशभरीका युवाहरु , बुद्धिजीवी ,नागरिक समाजका अगुवाहरु , स्वास्थ्यकर्मी कर्मचारीहरु , पत्रकारहरु एक ढिक्का भएर उत्रिने भएकोले तत्काल मैग सम्वोधन गरी कार्यान्वयमा ल्याउन सरकारलाइ सुझाव दिएका छन । मांग सम्वोधन नगरिए देशमा उत्पन्न हुने असहज परिस्थतिको जिम्मेवार स्वयं सरकारले लिनु पर्ने चेतावनी समेत दिए ।
गोविन्द केसी जिन्दावाद , शिक्षा माफियाको अन्त्य गर , उठाइएका मांग सम्वोधन गर , युवाहरु साथमा छौ जस्ता नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शनमा स्वास्थ्यकर्मी ,संचारकर्मीहरुको सहभागता रहेको थियो ।
रौतहट जिल्ला भरीमा डीजे साउण्ड प्रयोग प्रति जिल्ला प्रसाशन कार्यालय रौतहटले प्रतिवन्ध लगाएको छ । डीजे साउण्ड चर्को स्वरमा प्रयोग गर्दा ध्वनि प्रदर्शन उत्पन्न भई दुर्घटना समेत हुने तथा सामाजिक सदभावमा असर पर्ने भएकोले डीजे साउण्ड सिस्टममा प्रतिबन्ध लगाइएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here