काठमाडाैं ।। सरकारले कोरोना भाइरसका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालनगर्न दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालयतथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धान्तिक स्वीकृतिदिने निर्णय गरेको हो ।बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जना भन्दा कम सहभागीहुने छोटो अवधिको तालिम सञ्चालनगर्न अनुमतिदिने पनि निर्णय भएको परराष्ट्र मन्त्रीतथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।