काठमाडाैं ।। आइपिएलमा क्रिकेटमा चेन्नई सुपरकिंग्सले चौथो हार बेहोरेको छ। गएराति अबुधाबीमा भएको खेलमा चेन्नईलाई कोलकता नाइटराइडर्सले १० रनले पराजित गरेको हो। कोलकताको भने यो तेस्रो जित हो। कोलकता तेस्रो जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।टस जितेर पहिले ब्याटिङ गरेको कोलकता २० ओभरमा १सय६७ रनमा अलआउट भयो।कोलकताका लागि ओपनर राहुल त्रिपाठीले ८१ रनको योगदान दिनुभयो । उहाँले ५१ बलमा ८ चौका र ३ छक्का हिर्काउनुभयो । शुभमान गिल ११ रनमा आउट हुनुभयो भने सुनील नारिनले १७ रन भन्दा बढी जोड्न सक्नुभएन । आइपिएलमाआज सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जावबीच खेल हुँदैछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।