रौतहट ।। आरडिसी नेपालको आयोजनामा बुधबार बृन्दाबन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी संग परियोजना परिचयात्मक कार्यक्रम गरेको छ । बृन्दाबन नगरपालिकाका उपप्रमुख नुरजाहा खातुनको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जलवायु उत्थानशिलता नितिमा सामुदायिक संस्थाहरुको भुमिका सुदृढिकरण कार्यक्रम प्रस्तुत गरिएको थियो । रौतहटको चन्द्रनिगाहपुरस्थित हिमालयन होटलमा भएको उक्त कार्यक्रमको अक्सफाम नेपालको आर्थिक सहयोगमा र आरडिसी नेपालको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा स्वागत मन्तब्य आरडिसी नेपालका कार्यकारी निर्देशक आलोक कुमार सिंहले गर्नु भएको थियो भने कार्यक्रम संयोजक कृष्णदेब जोशीले कार्यक्रमको बिषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम आरडिसी नेपालका अध्यक्ष पारस हुसेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।