काठमाडाैं ।। नेपालमा आज पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबैभन्दा धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९४ हजार २ सय ५३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज निको हुनेको संख्या भने १ हजार १ सय २६ रहेको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ जना महिला र १० जना पुरुष रहेका छन्
मृत्यु हुने काठमाडौँका ६ जना रहेका छन् भने मोरङका २ जना, सिरहा, रौतहट, ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङका एक एक जना रहेका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभरमा कोरोनाका २५ हजार ७ जना सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा र १४ हजार ४ सय ११ जना होम आइसोलेसनमा रहेका छन्।आजको पीसीआर १४२०९ रहेको मन्त्रालयले जनाएको छ। साथै क्वारेन्टिनमा हाल ४१४६ जना रहेका छन्। हाल आईसीयूमा २३३ जना भेन्टिलेटरमा ३७ जना उपचाररत रहेका छन्।