बारा ।। एक हजार लिटर अवैध घरेलु मदिरासहित  दुई जना युवक पक्राउ परेकाे छ । चोरी पैठारी गरी अवैध तरिकाले मदिरा तस्करी गर्न खोजिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय जीतपुरले आइतबार ट्रकसहित दुई जना युवकलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय जीतपुरले आइतबार ट्रकसहित दुई जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी र वडा नम्बर १४ बस्ने ३३ वर्षीय लक्ष्मण बल रहेका छन् ।

हेटौंडाबाट वीरगञ्जतर्फ ना ६ ख ५४०४ नम्बरको ट्रकमा आउँदै गरेको अवस्थामा शंका लागेर चेक जाँच गर्ने क्रममा ट्रकभित्र लुकाएर राखेको एक हजार लिटर अवैध घरेलु मदिरा फेला परेको जिल्ला प्रहरी जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here