काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसतै १ हजा १ सय ३३ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार २ सय ६३ पुगेको छ भने निको हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार आजको पीसीआर संख्या १३ हजार ७ सय ८१ छ। यससँगै हालसम्मको पीसीआर संख्या १० लाख ८८ हजार २ सय २९ पुगेको छ। हाल मुलुकमा सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार १९ सय १ जना र होम आइसोलेसनमा १२ हजार ३ सय १६ जना रहेका छन ।
त्यस्तै क्वारेन्टिनमा ४०३३ जना रहेका छन् भने आईसीयूमा २४४ जनाको उपचार भइरहेको छ।
त्यसतै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये सबैभन्दा धेरै १२ जना काठमाडौं र ललितपुरका मात्रै रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।