एजेन्सी ।। बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपविरुद्ध बलात्कार मुद्दा दायर भएको छ। दक्षिण भारतीय चलचित्रमा काम गरिरहेकी एक नायिकाले उनीविरुद्ध बलात्कार मुद्दा दायर गरेकी हुन्। मुम्बईको विक्रोली प्रहरी स्टेशनमा नायिकाको तर्फबाट ऊजुरी दिइएको थियो। सोही आधारमा प्रहरीले एफआईआर दर्ता गरेको छ।
नायिकाका वकिल नितिन सतपुतेले आज एक बयान जारी गर्र्दै एफआइआरको विवरण सार्वजनिक गरेका छन्। उनले भनेका छन्, “नायिकाको एफआईआर अन्तत: दर्ता गरिएको छ। आरोपीविरुद्ध दुष्कर्म, गलत व्यवहार तथा महिलाको अपमान गर्नेलगायतका आरोप लागेका छन्।”
नायिकाले निर्माता अनुरागले उनलाई एकपटक यौन दुर्व्यवहार गरेको बताइन्। अनुराग उनको अगाडि नग्न भएका थिए र उनले उनीसँग अंतरंग हुने कोसिस गरेका थिए। वर्सोवा प्रहरीले चाँडै नै यो मामिलामा कश्यपलाई सोधपुछका लागि बोलाउनेछ।
नायिका एक अन्तर्वार्ताको क्रममा सन् २०१४ मा घटना भएको बताएकी थिइन्। अनुरागले उनीमाथि छेडछाड गरेका थिए। उनले कपडा खोल्न लगाएर शारीरिक सम्बन्धका लागि समेत प्रस्ताव गरेका थिए। जुन आरोप उनले अस्वीकार गरेकी थिइन्।