सप्तरी ।। कोभिड–१९ अर्थात कोरोना भाइरसबाट सप्तरीमा एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी एक पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए ।स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको हो । मृत्यु भएका पुरुष प्रमुख जिल्ला अधिकारीको निवासमा खाना पकाउने काम गर्थे । उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना भाइरसबाट सप्तरीमा एकजना सरकारी कर्मचारीको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।