काठमाडौं ।। भारतमा पछिल्लो २४ घण्टामा थप ७५ हजार ८ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४२ लाख ८० हजार ४ सय २३ पुगेको छ । जसमध्ये ८ लाख ८३ हजार ६ सय ९७ जनाको उपचार भइरहेको छ । भने ३३ लाख २३ हजार ९ सय ९५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
केन्द्री स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ७२ हजार ७ सय २५ पुगको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।