काठमाडौं ।। साउथ इण्डियन चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको ह्रदयघातका कारण निधन भएको छ ।
उनको आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको निधनमा आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दुःख व्यक्त गरेका छन्। उनी तेलगु फिल्मका दिग्गज कलाकार रहेको भन्दै नायडुले रेड्डीको निधनले तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको जनाएका छन्।
रेड्डीले साउथ चलचित्रमा आफनो छुटै स्थान बनाएका छन् । रेड्डी हास्य र चरित्र अभिनेतासँगै खलनायकको पात्रमा लोकप्रिय छन् । उनी धेरै जसो कमेडी रोलका लागि चिनिने गर्थे ।उनले व्रह्मापुत्रबाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।