रौतहट ।। पहिलो पटक जुम भिडियो कन्फरेन्सबाट नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको रौतहट जिल्ला समिति गठन गरिएको छ ।
हाल (कोभिड(१९) कोरोना भाईरसको कारणले बिश्वब्यापी रुपमा फैलिएको महामारीको कारण सम्बन्धित अधिकांस जिल्ला प्रशासन कार्यालयहरुले यातायातमा निषेधाज्ञा जारी गरेको अवस्थालाई मध्यनजर गर्दै मोबाईल सम्बाद र जुम भिडियो कन्फरेन्स मार्पत छलफल तथा सम्बाद गरी एनईएएनको रौतहट समिति गठन गरिएको हो ।

नवगठीत ७१ सदस्यि रौतहट जिल्ला समितिको अध्यक्षको जिम्मेवारी ईन्जिनियर अभिषेक गुप्ताले पाएका छन् । नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय समितिको निर्णय अनुसार गठन गरिएको समितिको वरिष्ठ उपाधयक्षमा ई सिद्धार्थ सिंह, उपाध्यक्षमा ई अर्जुन यादव, ई अजय कुमार यादव, रौशन कुमार गुप्ता, महासचिव ई आलोक शाह, सचिव ई प्रवीण झा, सह सचिवमा ई साजिद इकबाल कोषध्यक्षमा ई आशुतोष कुमार सिंह सह कोषाध्यक्ष, ई रंजीत कुमार यादव रहेका छन् भन्ने सामाजिक संयोजक ई रवी भूसन कुमार रहेको एनईएएनले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

भिडियो कन्फरेन्स मार्फत एसोसिएसनको बिधान, निति नियम तथा नेपाल सरकारको प्रचलित कानुनको अधिनमा रही आ(आफ्नो काम कर्तब्य गर्ने गरि समितिको गठन गरिएको नवचयनीत अध्यक्ष अभिषेक गुप्ताले बताए ।














