रौतहट ।। रौतहटको गरुडास्थित दलित विजय राम चमारको मृत्यु प्रकरणमा एक इन्स्पेक्टरसहित ३ प्रहरी निलम्बनमा परेको छ । प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै इन्स्पेक्टर निविन कुमार सिंह प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मन्नु कुमार सिंहलाई घटनाको अनुसन्धान गर्न भन्दै ६ महिनाको लागि निलम्बित गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए । उक्त घट्नाको सम्बन्धमा सिहंलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरि दिन हुन भनि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको थियो ।
गत साउन ३१ गते राति रौतहटको गरुडा नगरपालिका–८ बसविटी जिगडिया स्थित सच फलफुल नर्सरीमा कार्यरत मजदुर नन्दलाल चमारको २० बर्षिय छोरा निरञ्जन रामको घाँटी रेटेर हत्याको आरोपमा प्रहरीले सात जनालाई समातेर कत्र्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरेर कारवाही चलाएको आरोपित मध्ये दलित युवक विजयको उपचारको क्रममा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here