एजेन्सी ।। भारतमा कोेराना संक्रमितको संख्या ३६ लाख नाघेको छ । भारतमा सोमवार एकैदिन थप ७८ हजार ५ सय १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस सँगै भारतमा कोरोना संक्रमितका कुल संखया ३६ लाख २१ हजार २ सय ४५ पुगेको छ ।
त्यस्तै केन्द्री स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ७१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ६४ हजार ४ सय ६९ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये २७ लाख ७४ हजार ८ सय १ जना उपचार पछि निको भएर घर फर्किएका छन् । भने ७ लाख ८१ हजार ९ सय ७५ जनाको उपचार भइरहेको छ ।





