रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिकाको सीमावर्ती वड़ा महादेवपट्टी नाकाबाट प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको नेपाली रुपैया सहित २ जना भारतीय महिलालाइ पक्राउ गरेको छ ।
गौर नगरपालिका वड़ा नम्बर २ महादेवपट्टी नजिक दशगजा क्षेत्रमा घास काटन भनी आएकी २ महिलालाइ स्थानीय प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंहको कमाण्डमा रहेका टोलीले शंकाको आधारमा चेकजाच गर्दा नेपाली रुपैया फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पंचायत वडा न. १ सिन्दुरीया वस्ने वर्ष ४५ की शान्ति देवी र ऐ.ऐ.वस्ने वर्ष ४५ की मिना देवी रहेको छ । भारतबाट नेपालमा आऊंन लागेकी दुवै महिलालाइ शंका लागि रोकी चेकजाच गर्दा निजहरुको साथमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्दा झोला भित्र श्रोत नखुलेको नेपाली नगद रु.६,४०,०००। (छ लाख चालिस हजार ) फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई पैसा बरामद गरी कार्यालयमा दाखिला गरेको हुँदा निजहरु उपर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
साढे छौ लाख रुपैया सहित २ भारतीय महिला पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।