काठमाडाैं ।। नेपालमा शुक्रबार पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या १९ हजार सात सय ७१ पुगेको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा १ सय ५१ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १४ हजार तीन सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्
नेपालमा अहिले पाँच हजार तीन सय १६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा १० हजार सात सय ६८ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ । योसँगै अहिलेसम्म तीन लाख ७५ हजार चार सय १६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ भने १२ हजार एक सय ११ जना क्वरेण्टीनमा छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल भोजपुर, सङ्खुवासभा, काभ्रे, रसुवा, मनाङ र मुस्ताङमा ६ जिल्ला कोरोना मुक्त भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।