रौतहट ।। रौतहटमा एक जना युवकको खोलामा डुबेर मृत्यु भएको छ । रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडां।२ महादेवपट्टी स्थित रहेको दशगजाको खोलामा डुबेर मृत्यु भएको हो । महादेवपट्टी घर भएका पंकज भारतीको १६ वर्षीय छोरा कुणाल भारतीको दशगजा क्षेत्रमा डुबेर मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।
सिमा पारी भारतको बैरगनिया सहरमा घरायसी प्रयोगजनको लागि समान किन्न गइरहेको बेला डुबेर मृत्यु भएको स्थानीयहरुको भनाई रहेको छ । एक महिना नबित्दै त्यही ठाउँमा डुबेर हाल सम्म दुई जना जनाको मृत्यु भइसकेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।