एजेन्सी ।। अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाखभन्दा बढी पुगेको छ।
जोन्स हपकिन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा ३० लाख ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ।
संक्रमितमध्ये हालसम्म १ लाख ३१ हजारको मृत्यु भएको छ भने १३ लाख ९० हजारभन्द बढी उपचारपछि स्वस्थ बनेका छन्। मृत्यु हुनेमा पनि अमेरिका पहिलो स्थानमा छ ।
अमेरिका विश्वमा कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख नाघेको छ ।त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६७ हजार ९६४ पुगेको छ । बेलायतमा अहिलेसम्म ४४ हजार ६०२ जनाको कोरोना भाइरसको मृत्यु भएको छ । भारतमा पनि सात लाख ४० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।