एजेन्सी ।। कोरोना महामारीको कारणले पुरा विश्व नै त्रास्ति बनेको छ । यसै बीच डेकमार्ककी प्रधानमन्त्री म्याट फ्रेडेरिक्सनले काभिड–१९ को विषयमा हुने बैठकमा भाग लिनको लागि आफनो विवाह स्थगित गरे । यो तेस्रो पटक हो जब ४२ वर्षीय म्याटले विवाह स्थगित गर्नुपर्यो । पछिल्ला दुई कारण फरक थिए ।
म्याट र उनका प्रेमी बो टेनबर्गको जुलाई १८मा विवाह हुने भएको थियो तर त्यही समयमा युरोपियन युनियन(इ.यु.)का राष्ट्रहरुका प्रमुखबीच बैठक बोेलाइएको छ ।
१७ र १८ जुलाईमा इयू सम्मेलनः
महामारी सुरु भएपछि १७ र १८ जुलाईमा इयूका नेता पहिलो पटक प्रत्यक्ष भेटघाट गर्दैछन् । उक्त छलफलमा महामारीका कारण भएको आर्थिक क्षती र यससँग जुध्नका लागि उपायबारे चर्चा हुनेछ । इयूले ८४६ अर्ब डलरको प्रस्तावबारे विचार गरिरहेको छ ।
यसमा ती देशलाई आर्थिक मद्दत दिइनेछ जो संक्रमणद्वारा सबैभन्दा धेरै प्रभावित छन् । डेनमार्क, स्विडेन, अष्ट्रिया र नेदरल्याण्डले यसको विरोध गरिरहेका छन् । उनीहरुका अनुसार आर्थिक मद्दत प्रदान गर्नु अघि सम्बन्धित देशले उक्त रकम फिर्ता दिने नदिने कुरा निश्चित गर्नुपर्नेछ । तसर्थ, यो छलफल महत्वपूर्ण छ ।
डेनमार्कमा कोरोना महामारीको बारेमा कुरा गर्दा हालसम्म यहाँ १२ हजार भन्दा बढी संक्रमित छन् भने ६ सय ३ जना मानिसको मृत्यु भइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here