रौतहट।। राजपुर नगरपालिकाको दावतरुसलाम मदर्शा क्वारेन्टीनमा रहेका कोरोना शंकाष्पद व्यक्तिहरु आफन्त संग भेट्न दिन माग राख्दै सुरक्षाकर्मी माथि ढुंगामुद्धा गर्दा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरी १४ राउण्ड टियर ग्यार, २ राउण्ड गोली हवाई फायर गरेका छन् ।
गौर चन्द्रपुर सडक खण्डमा पर्ने राजपुर नगरपालिकाको वडा नम्वर १ दावतरुसलाम मदर्शा क्वारेन्टीनमा बसेका कोरोना शंकाष्पदहरु उग्र हुँदै बाहिर निस्केर बाटो अबरुद्ध गर्दै उनीहरुको समर्थनमा आफन्तहरु पनि सुरक्षाकर्मी माथि ढुंगामुद्धा गर्दा जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत प्रहरी हबलदार सुबोध सिंहको टाउको फुटेका हुन् ।
सुरक्षाकर्मीहरु निकै सम्झाउदा पनि ढुंगामुढा बन्द नगर्दा प्रहरीले १४ राउण्ड टियरग्यास र दुई राउण्ड गोली हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताए । क्वारेन्टीनमा ठूलो संख्यामा बसेका व्यक्तिहरु आफन्तहरु संग भेट्ने, घरबाट आएको खाना खाने लगायतको नचाहिदा माग राख्दै आज दोश्रो पटक क्वारेन्टीनको ढोका फुटाएर बाटो अवरुद्ध बनाउएपछि बाध्य भई सामान्य बल प्रयोग गर्नुपरेको उनले स्पष्ट पारे ।
तिन सय मिटरको दुरीमा रहेका दुई वटै क्वारेन्टीनमा रहेका व्यक्तिहरु बाहिर सडकमा आएर प्रदर्शन गर्दा बाटोमा हिडिरहेका व्यक्ति एवं सवारी सधानलाई टार्गेट गरेर अवरुद्ध बनाएपछि सुरक्षाकर्मीहरु आएर उनीहरुलाई क्वारेन्टीन भित्र जान भन्दा सोझै आफन्तहरु संग मिलेर आक्रमणमा उत्रिदा अवस्थालाई साम्य बनाउन ग्यास सेल र हवाइ फायर गरिएको डिएसपी महतोले बताए । अहिले अवस्था सामान्य भईसकेको छ । घाईते प्रहरी हवलदार सिंहको गौर अस्पतालमा उपचार भईरहेको जानकारी समेत उनले दिए ।
गत साता इशनाथको जोकहाबाट संक्रमितलाई आइशुलेशनमा लैजान खोज्दा झड्प हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेका थिए भने क्वारेन्टीन बनाउने विषयमा कटहरिया नगरपालिकाको भसेढवा मावीमा बनाउने नदिने अडान राख्दा स्थानीय र प्रहरी विच झड्प हुँदा १२ राउण्ड गोली चलेको थियो । क्वारेन्टीनको सुरक्षामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहितका व्यक्तिहरुलाई व्यवस्थित बनाउन हम्मे हम्मे परेको छ ।
स्मरणीय छ, जेठ महिनाको चर्को गर्मीमा खाँदिएर राखिएको क्वारेन्टीनमा बस्नु परेको, पिसिआर स्वाव संकलन भएको दुई साता भएपनि रिपोर्ट नआउनु, घर परिवारबाट टाढा बस्नु, गुणस्तरिय खाना नपाउनु लगायत, तिन वटा शौचालयमा एक सय भन्दा बढि व्यक्तिले प्रयोग गर्नु जस्ता अवस्थाबाट गुज्रिदा क्वारेन्टीनबाट कति सक्दो बाहिर निस्केर घर भागौ भईरहेको उनीहरु आफनो विवशता सुनाएको छ । श्राेत :- मध्य तराइ दैनिक फेसबुक वाल
मदर्शा क्वारेन्टीनबाट बाहिर निष्केर प्रदर्शन गर्दा प्रहरीद्धारा बल प्रयोग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।