रौतहट ।। आशा लघुवित्त वित्तीय संस्था लि.को रौतहटस्थित गढीमाई नपा. शाखाले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न गढीमाई नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । संस्थाको शाखाले स्थानीय निकायको कोरोना भाइरस (कोभिड—९०) रोकथाम नियन्त्रण तथा उपचार कोषमा १२ हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो ।
आशा लघुवित्तको समनपुर शाखाका शाखा प्रबन्धक संतोष राय यादवले गढीमाई नगरपालिकाको नियमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवलाई १२ हजारको चेक हस्तान्तरण गरेका हुन ।
रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here