काठमाडौं ।। बलिउडकी चर्चित गायिका नेहा कक्कड विश्वमा सबैभन्दा बढी खोजी हुने गायिकाको सूचिकाे दोस्रो स्थानमा परेकी छिन् । भारतिय मिडियाका अनुसार उनलाई युट्युबमा सबैभन्दा धेरै पटक खोजिएको छ । आफु विश्वकै सबैभन्दा बढी खोजिने गायिकामा दोस्रो स्थानमा परेको बारे गायिका नेहाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी हुन् । आफु विश्वमै धेरै खोजिनेमा परेपछि उनले इन्स्टाग्राममार्फत सबै फ्यानलाई धन्यवनद दिएकी छिन् । उनलाई ४ दशमलव ५ बिलियन दर्शकले खोजेका छन् । यो सूचिमा नेहाभन्दा अगाडि अमेरिकन र्‍यापर कार्डी बी छिन्। हालै गरिएको सर्वेक्षणअनुसार कार्डी बीलाई चार अर्ब ८० करोड दर्शकले युट्युबमा सर्च गरेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here