दिनेश देहाती।। रौतहट ।। लगातार परेको अविरल बेमौसमी पानी कारण रौतहट ईट उद्योगमा करोडौको क्षति भएको छ ।
करिव १ महिना भन्दा बढी समय देखि विश्व कोरोना भाईरसबाट जुद्धी रहेको अवस्थमा रौतहट ईटा उद्योग संचालनमा नेपाल सरकारले जारी गरेको लकडाउनको अवसर परेकै वेला लगायतको अविरल बेमौसीम पानीको कारण रौतहटमा करिव ८० ओटा ईटा उद्योग करोडौको क्षती पुगेको हो ।
वर्षा ईटा उद्योगले पथाई राखेका कच्चा ईट्टा पानीले गलेर नष्ट भएको उद्योगीहरुले बताएका छन् ।
यसै विच जिल्लाको बृन्दावन नपा वार्ड नं. ८ आँकड पाथर स्थित संचालनमा रहेको एम.डी. ईटा उद्योगकाका आठ लाख र डि.एम. ईटा उद्योगको ५ लाख बरावरको कच्चा ईटा गरि करिव असि लाख मुल्य बरावरको क्षती भएको उद्योग संचालक मौजेलाल साहले बताएका छन् ।
बृन्दावन नपा. वार्ड नंं. ८ का वडा अध्यक्ष दिनानाथ महतेले क्षति भएका कच्चा ईटटाको स्थलगत निरिक्षण गरि क्षतिपूर्तिको लागि सम्बन्धीत निकायमा पहल गर्ने बताएको हो ।
ईटा उद्योगमा करोडौको क्षती
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।