काडमान्डु ।। काठमाडौंको मुख्य नाका नागढुङ्गामा आधुनिक डिस्इन्फेक्सन अर्थात निःसङ्क्रमण टनेल निर्माण भएको छ ।
काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले सवारीसाधनलाई निःसङ्क्रमण गर्न टनेल बनाइएको हो । आज टनेलको परीक्षण गरिएको छ भने भोलि उद्घाटन गर्ने योजना छ ।
काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो । संघीय सरकार र चन्द्रागिरी नगरपालिकाबाट अनुमति लिएर ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको र भोलि औपचारिक उद्घाटन हुने सुन्दर यातायात समितिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । टनेल सञ्चालन स्थानीय प्रहरीले गर्ने सहमति भएको छ ।
काठमाडौं भित्रिने सवारीसाधन यही टनेलमार्फत गुड्नुपर्ने छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किने व्यवस्था गरिएको छ । जसले गर्दा कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here