File Photo

काठमान्डु ।। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
गैरआवासीय नेपाली संघ दक्षिण कोरीया, चीन, हङकङ र मकाउले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले सामग्री स्वस्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उपलब्ध गराउनुभएको छ । दक्षिण कोरियामा रहेका नेपालीले यसअघि पनि परीक्षण किट, पीपीईलगायत सामग्री उपलब्ध गराएका थिए ।
आज विहिवार फेरि तीन सय १० थान ज्वरो नाप्ने थर्मोमिटर, दुई हजार थान फेस सिल्ड, एन ९५ मास्क एक हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स एक हजार थान, पीपीई गाउन दुइ हजार थान उपलब्ध गराएको एनआरएनएले जनाएको छ ।
एनआरएनए चीनले पञ्जा ३० हजार थान, मास्क २० हजार थान, एन ९५ मास्क एक हजार चार सय ५० थान उपलब्ध गराएको छ । एनआरएनए मकाउ र हङकङले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि छिट्टै सरकारलाई उपलब्ध गराइने जनाइएको छ ।
एनआरएनएले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अप्ठेरो अवस्थामा साथ दिने नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here