काठमान्डु ।। प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर विधिबाट हुने कोरोना परीक्षणको नमूना पुनः काठमाडौं गरिने भएको छ ।
परीक्षणका क्रममा सर्लाहीका बालकको नेगेटिभ देखिएपनि काठमाडौंमा परीक्षण गराउँदा पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालमा हुने परीक्षण पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने भएको हो ।
सर्लाहीको धनकौल गाउँपालिका ५ का १४ वर्षका किशोरको गत वैशाख ५ गते प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परीक्षण गर्दा नतिजा गलत आएको थियो । नतिजा गलत आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरेर घर फिर्ता गरिएको थियो ।
तर उनै किशोरको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि मेसिनमा समस्या भएको हुन सक्ने भन्दै पुनः परीक्षणका लागि नमूना काठमाडौं पठाइने निर्णय भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामबिनय साहले बताउनुभयो ।
जनकपुरमा पीसीआर विधिबाट हुने कोरोना परीक्षण पुनः काठमाडौंमा पनि गरिने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












