काठमान्डु ।। समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकाएक एकताको सहमति भएको छ । राजपाबाट फुटाउन सरकारले अध्यादेश ल्याएको अनुमान भइरहेका बेला दुईपार्टीबीच मध्यरातमा एकता भएको छ । नयाँ पाटको नाम ‘जनता समाजवादी पार्टी” रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ ।
चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा हिजो साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन ।
लामो समयपछि एकता भएको र सरकारले ल्याएको अध्यादेशलाई चुनौती दिन हिजो नै गरिएको राजपाका अध्यक्ष मंडलका अध्यक्ष नेता महेन्दराय यादवले सीआईएनले जानकारी दिनुभयो । अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन ।
पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गर्नु भएको छ ।


संघीय समाजवादीले यसअघि आफ्ना सांसद सुरेन्द यादवलाई अपहरण शैलीमा काठमाण्डु ल्याइएको आरोप लगाएको थियो ।
रेणु यादवको समूहको नेतृत्वमा समाजवादी पार्टीबाट अलग भएर नयाँ पार्टी गठनको तयारी गराइएको आरोप लागेको थियो । सांसद रुही नाजले आफू समाजवादीमै रहेको र पार्टी विभाजनमा लागेको भन्ने हल्ला निराधार रहेको विज्ञप्ती निकालेर बताउनु भएको छ ।