रौतहट ।। गत चैत्र १ सनिवार राति रौतहटको पोठीयाहीमा म माथी भएको आक्रमण र उल्टै हाम्रा सम्पूर्ण परिवारलाई फसाउने गरि गरिएको मुद्धा क्षेत्र नं. २ का सांसद प्रभु साहको ग्रेण्ड डिजाईनमा भएको वडा अध्यक्ष ओशक यादवले आरोप लगाएको छ ।
रौतहटको राजनितिमा सांसद प्रभु साह कोरोना भाईरस भन्दा खतरनाक भएको भन्दै, अध्यक्ष यादवले, म आफु न्यायको लागि न्यालय पुग्दा, घटनाको दोसीलाई बचाउन सांसद साहले विभिन्न हत्कन्डाहरु अपनाउदा आफु अन्यायमा परेको बताएका छन् ।
सांसद प्रभु साहले, सधै गुण्डा गर्दी गर्दै आएको र आफ्नो स्वास्र्थमा कसैको हत्या गराउनु सम्मको घटनाहरु सर्वविदितै रहेको छ । हाम्रो घटनामा पछिल्लो दुई पटक सांसद साहले दासी रामबाबु चौधरी सहितलाई बचाउन जारी गरिएको विज्ञप्तीले सावीत गरेको छ की, दूई पार्टी एक भए पनि तत्कालीन एमालेका नेता कार्यक्रताहरु माथि आक्रमण हुनु र त्यसको ढाकछोपमा आफै सधै अगाडी आउनु, साँसद साह, अपराधिक क्रियाकलापमा विश्वास गर्ने भएकोले, हाल सम्म नेकपालाई स्वीकार्य नगरेको र म माथी हमला, उल्टै सम्पूर्ण परिवार सहित ४१ जना माथि मुद्धा दर्ता गराउनु सांसद साहको ग्रेण्ड डिजाइनमा भएको वडा अध्यक्ष यादवले आरोप रहेको हो ।
संचारकर्मी सित कुरा गर्दै अध्यक्ष यादवले १ वर्ष देखि विरामी रहेको र केहि दिन देखे स्वास्थ्य भए पछि आफ्नो वड़ाका वड़ा बासी सित भेटघाट गरौ भने उदेश्यले स्थानीय पोठियाही निवासी पूर्व गाविस अध्यक्ष चेथरू यादवको दरवाजामा बसेर कुराकानी गर्दै गरेको अवस्थामा घेरा हालेर हमला गरेको बताएका थिए । संघीय सांसद प्रभु साहको आड़मा आतंक मचाऊदै आएका समूहले आक्रमण गरी गाडीको सीसा समेत फुटेको अध्यक्ष यादवको आरोप रहेको छ ।
घटना लगतै इलाका प्रहरी कार्यालय शिवनगरका प्रहरी नायव निरीक्षकलाइ खबर गर्दा ५ मिनट भित्र घटना स्थल पुगे पनि प्रहरी प्रशासनले कुनै चासो नदेखाउदा त्यस को उपज भोली पलट ईटा भट्टाको घटना भएको जिकिर गरे । शनिवार राति हत्या गर्ने उदेश्यले हमला गरेका समूहले बाचेको भन्दै पुनः आईतवार विहान आक्रमण गर्ने योजना साथ अमरपटी घरको छेउमा रहेको ईट्टा भट्ठा बाट आक्रमण गर्दा मेरो समर्थकहरुले प्रतिकार गर्न खोजे पछि सामान्य विबाद भएको थियो भन्ने अध्यक्ष यादवको भनाई रहेको छ ।
त्यस आक्रमणले आफ्नो छती भएको भन्दै अध्यक्ष यादवले चैत्र २ गते ईलाका प्रहरी कार्यालयमा डाकाँ मुद्दाको उजुरी दर्ता गराएका थिए भन्ने रामबाबु चौधीरीले ३–४ दिन पछि अध्यक्ष यादवका सम्पूर्ण सदस्य सहित अन्य ४१ जनामा माथि पनि मुद्दा दर्ता गराएका थिए ।
रामबाबु चौधरी जस्ता अपराधीहरु, सधै गाँउमा दादागिरी शैलीमा गरीव असहाय व्यक्तिलाइ त्रसित बनाउदै आएका रामबाबू चौधरी छोटेलाल चौधरी , दिनेश यादव , लालू यादव ,रामसागर मंडल लगायतका समूहले हमला गरी कुटपिट गर्दै आएको अध्यक्ष यादवको आरोप रहेको छ ।
त्यस घटनाको दोसी रामबाबु चौधरी सहितकालाई बचाउन, सांसद प्रभु साहले विभिन्न हत्कण्डाहरु अपनाउदै गर्ने क्रममा फेरी प्रेस विज्ञप्ती जारी गरेको प्रति म माथि भएको घटना साँसद प्रभु साहले आफ्नो तत्कालीन माओवादीको अपराधीक क्रियाकलापलाई बढावा दिएको बुझिन्छ र म माथि भएको आक्रमण उनकै योजना भएको अध्यक्ष यादवले आरोप लगाएका छन् ।
वाड अध्यक्ष अशोक यादव तत्कालीन नेकपा एमालेबाट गरुडा नगरपालिका वार्ड नं. ६ बाट निर्वाचित वडा अध्यक्ष हुन भन्ने विपक्षी सांसद प्रभु साहको समर्थक एवं तत्कालीन नेकपा माओवादीबाट सोही वडाका वडा अध्यक्ष प्रत्यसी रहेको छ ।
स्मर्ण होस, वड़ा अध्यक्ष अशोक यादवले हत्या गर्ने योजना बनाएर एक्कासि पूर्व नेकपा माओवादीका तर्फबाट स्थानीय वड़ा अध्यक्षका प्रत्यासी रामबाबू चौधरीको नेतृत्व मा आएका २५–३० जनाको समूहले बसेर छलफल गरी रहेको अवस्थामा गएको चैत्र १ गते शनिवार हमला गरेको थियो ।
सांसद प्रभु साहले पोठीयाही घटनमा दुवै तर्फ एकै नेकपा पार्टीका नेता कार्यक्रता भए पनि तत्कालनीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष यादवलाई आफ्नो पार्टी नभन्नु तर तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्ने चौधरीलाई हाम्रो पार्टी भन्नु जिल्लामा धेरै आलोचना भई रहेको देखिन्छ । पूर्ण मन्त्री एवम् नेकपा प्रदेश नं. २ का अध्यक्ष समेत रहेको साँसद साहले, यस्तो घटना आफनै क्षेत्र र पार्टी विच भएको हुदाँ आत्मसात गरि विवाद बढाउनु भन्दा मेलमिलापकर्ताको भुमिका खेल्नु पर्ने समाजिक अगुवाहरुको सुझाव रहेको छ ।
यस्ता घटनाले समाजमा विकृतीको विस्तार गर्ने भएकोले नेतृत्व पंकतीमा रहेको साँसद साहले निमूल गर्न गराउनुमा अगाडी बढानु अहिलेको आवश्यकता भएको देखिन्छ ।
Home प्रदेश समाचार मधेश प्रदेश प्रभु साहको ग्रेण्ड डिजाईनमा पोठीयाही घटना, दोसीलाई बचाउन विभिन्न हत्कण्डा
प्रभु साहको ग्रेण्ड डिजाईनमा पोठीयाही घटना, दोसीलाई बचाउन विभिन्न हत्कण्डा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।