रौतहट ।। कोरोना भाईरस संग लडन सरकारले गरेको लकडाउनबाट प्रभावित डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण कार्यको निरंतरता दिएको छ ।
आज शुक्रवार गौर नपा.को वार्ड नं. ३, ५ र ६ मा करिव ६ सय चमार, दलित बस्तीका गरिव परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख अजय कुमार गुप्ताले जानकारी गरएको छ ।
वार्ड नं. ३ दलित बस्ती, वार्ड नं. ५का चमार टोल सहित अन्य दलित र वार्ड ६ सवगढामा दलित, अति गरिव विपन्न परिवार ६ सय परिवारलाई आज शुक्रवार एकै दिन राहत वितरण गरिएको नगर प्रमख अजय कुमरा गुप्ताले बताए ।
नगरप्रमुख गुप्ताको अनुसार, तिनटै वार्डका ६ सय परिवारलाई चामल १० कोलो ,दाल डेढ किलो , खाने तेल ५ सय ग्राम , आलू ३ किलो , नून १ किलो र साबुन १ पीस वितरण गरिएको हो ।
कोभीड़ १९ को संक्रमण नियंत्रण गर्ने उदेश्यले नेपाल सरकारले देश व्यापी रुपमा लकडाउन घोषणा गरे पछि गरीव मजदुर विपणन परिवारलाइ दैनिक जीवन कठिन भएकोले गौर नगर क्षेत्रमा नगरपालिकाले खाद्यान्न सामग्री वितरण गरि रहेको नगरप्रमुख गुप्ताको भनाई रहेको छ । लाक डाउन र निषेधाज्ञाको कारण काम काज ,पसल ,व्यापर , निर्माण कार्य पूर्ण रुपमा प्रभावित भएपछि असहाय एवं विपन्न दलित परिवारलाइ छक टार्न धौ धौ परिरहेको बेला नगर प्रमुख अजय कुमार गुप्ताले घर घरमा पुगेर राहत वितरण कार्यले चौतर्फि प्रसंशीत भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here