रौतहट ।। कोरोना भाईरस संग लडन सरकारले गरेको लकडाउनबाट प्रभावित डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण कार्यको निरंतरता दिएको छ ।
आज मंगलवार गौर नपा.को वार्ड नं. ४ टिकुलीया र गढवामा रहेको करिव ८० डोम र दलित परिवारलाइ राहत वितरण गरिएको नगर प्रमख अजय कुमरा गुप्ताले बताएका छन् ।
नगरप्रमुख गुप्ताको अनुसार, वार्ड नंं ४का ८० परिवारलाई चामल १० कोलो ,दाल डेढ किलो , खाने तेल ५ सय ग्राम , आलू ३ किलो , नून १ किलो र साबुन १ पीस वितरण गरिएको हो ।
कोभीड़ १९ को संक्रमण नियंत्रण गर्ने उदेश्यले नेपाल सरकारले देश व्यापी रुपमा लकडाउन घोषणा गरे पछि गरीव मजदुर विपणन परिवारलाइ दैनिक जीवन कठिन भएकोले गौर नगर क्षेत्रमा नगरपालिकाले खाद्यान्न सामग्री वितरण गरि रहेको नगरप्रमुख गुप्ताको भनाई रहेको छ । लाक डाउन र निषेधाज्ञाको कारण काम काज ,पसल ,व्यापर , निर्माण कार्य पूर्ण रुपमा प्रभावित भएपछि असहाय एवं विपन्न दलित परिवारलाइ छक टार्न धौ धौ परिरहेको बेला नगर प्रमुख अजय कुमार गुप्ताले घर घरमा पुगेर राहत वितरण कार्यले चौतर्फि प्रसंशीत भएको छ ।
लकडाउनबाट प्रभावित डोम दलित बस्तीमा राहत
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।