काठमाडौं ।। प्युठानको स्वर्गद्वारी नगरपालिका-५ का वडाअध्यक्ष हिरामणि भण्डारीले सोमबार केही मानिस बोलाए।  कोरोना संक्रमितहरू आउन सक्ने भएकाले एउटा झोलुंगे पुल भत्काउनु पर्ने बताए।

वडाध्यक्षले नै भनेपछि केही युवाहरू गएर रोल्पा र प्युठान जोड्ने लुम्दी खोलाको झोलुंगे पुल धमाधम भत्काए।

‘चोर बाटोबाट मानिसहरू आउन थालेका वडामा को आयो को गयो थाहा नहुने भएकाले पुल भत्काउन लगाएको हुँ,’ भण्डारीले मंगलबार सेतोपाटीसँग भने,‘त्यो पुलबाट भारत र रोल्पातिरबाट धेरै मानिस नआऊन् भनेर गरेको हो।’

उनले आफ्नो वडामा रहेका  पाँचमध्ये एउटा झोलुंगे पुलमात्र भत्काइएको बताए।

‘त्यो यहाँका मान्छेलाई अपायक पर्ने पुल थियो। रातिराति पनि मान्छे हिँड्न थालेकाले भत्काउन लगाएको हुँ,’ उनले भने।

यसअघि विभिन्न ठाउँमा आफ्नो टोलमा पस्न नदिन स्थानीयले सडक खन्ने, बन्द गर्ने गरेका थिए।  तर कोरोना रोकथाम गर्ने भन्दै वडाध्यक्षले पुल भत्काउन लगाएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भयो।

‘यहाँका जनताले त केही विरोध गरेका छैनन् तर बाहिरकाले विरोध गरेर फेसबुकमा भाइरल बनाए छन्।  मुख्यमन्त्रीसम्म नै कुरा पुर्‍याएपछि आज पुल जोड्न लगाएको छु,’ वडाध्यक्ष भण्डारीले भने,‘पाता राखिसकिएको छ। अब कस्न बाँकी छ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here