बारा ।। विश्व अहिले कोरोना भाइरस संग लडि रहेको अवस्थामा नेपाल सरकार सुतको राष्ट्रिय जनता पार्टी वाराका प्रबक्ता अरुण सिंहले आरोप लगाएको छ ।
आफ्नो नागरिकलाई नोवेल कोरोना भाईरसबाट बचाउन लडिरहेको बेला नेपाल सरकार लकडउनको भरमा मात्र नेपाली जनताको बचाउन नसक्ने प्रवक्ता सिंहले भन्दै, तत्काल देश भरको निश्चित स्थानमा प्रत्यक प्रदेशमा कम्तीमा २—३ ठाउँमा करोना टेष्टकोलागि व्यवस्था मिलाउनु मागँ गरेको छन् ।
लकडउनले मात्र नेपाली जनताको ज्यान संग मात्र खेलवाड गरिरहेको सरकारले तत्काल तत्काल करोना टेष्टकोलागि निश्चित स्थान तोकी व्यस्थापन गर्नु पर्ने प्रबक्ता सिंहको तर्क रहेको छ ।
विश्व व्यापी महामारी संग जुद्धि रहदाँ आफनो नागरिकको लागि कोरोना टेस्टकिट प्रयाप्त रुपमा व्यवस्थापन गर्न नसकनू नेपाल सरकारले नेपाली जनताको ज्यान संग खेलवाड नगरेको हो त ? भने प्रबक्ता सिंह प्रश्न गरे ।
देशका ठुलो पार्टी भन्नेहरुले महामारीको बेला किन मौन बसेको हो ? किन कि जनता सङ्ग भोट लिनु बाहेक आम समस्यालाई हेर बिचार गर्नु छैन कीन मौन बसेको हो त ?
प्रबक्ता अरुण सिंहले नेकपा र नेपाली काङ्ग्रेस लाई लक्षित गर्दै आरोप लगाएको हो ।
बास्तवमा, नेपाल सरकारको लकडाउनले मात्र कोरोना कन्ट्रोल हुन्छ भन्ने भ्रमण जन प्रकारको रवैया रहेको छ त्यसले नेपाल ईटलीको अवस्थामा पुग्ने पक्का देखिन्छ । सरकारले तत्काल कोरोना टेष्टको लागि कम्तीमा प्रत्येक प्रदेशमा एक एक ल्यावको व्यवस्था गरेका र सवै नागरिकको टेष्ट छिटो भन्दा छिटो गरेमा मात्र कोरोनालाई कन्ट्रोल गर्न सक्ने स्वास्थ्य विज्ञहरुको भनाई रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here