काठमान्डु ।। राष्ट्रिय आविस्कार केन्द्रले कोरोना संक्रमित बिरामी जाँच्ने चिकित्सकले लगाउने एप्रोन (प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) बनाउन सुरु गरेको छ। ‘हिजो स्याम्पल तयार गरिएको र आजबाट उत्पादन सुरु गरेको आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनले जानकारी दिए।

‘नेपालमा यस्ता एप्रोनको अभाव रहेछ। देशभरका अस्पतालबाट माग आइरहेको छ,’ उनले सेतोपाटीसगँ भने। हाल करिब ४ सय ओटा मात्रै एप्रोन बनाउन पुग्ने कच्च पदार्थ रहेको पुनले बताए।

‘अहिले आविस्कार केन्द्रकै खर्चमा कच्चा पदार्थ ल्याएका हौं। धेरै अस्पतालबाट एप्रोनको माग छ। काहाँ काहाँ पुर्याउने,’ उनले सेतोपाटीसगँ भने ‘सामान भए हामी जतिपनि बनाउन सक्छौं। तर सामानै छैन,’ पुनले भने।

प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्टको डिजाइन पनि आविस्कार केन्द्रले नै गरेको हो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here