राैतहट ।। रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले महासंकटको यसघडिमा आफना नगरवासीलाई सुरक्षित एवं सतर्क रहन आग्रह गर्नुभएको छ ।
विश्वभरी फैलिएको महामारीबाट जोगिन सरकारले जारी गरेको उक्त निर्देशनलाई पाल्ना गरी सो अवधीभर सम्पूर्ण नगरवासी सुरक्षित एवं संयमतापूर्णक आ आफनै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिन नगर प्रमुख पटेलले आफना नगरवासीलाई आग्रह गर्नुभएको हो ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन तथा सो भाइरसको रोकथामका लागि चैत्र ११ गते विहान ६ बजेदेखी चैत्र १८ गते विहान ६ बजेसम्मको लागि लागु गरेको लकडाउनको पाल्ना गरी घरमै बसिदिन हुनको लागि देवाही गोनाही नगरपालिकाका नगर प्रमुख पटेलले आफना नगरवासीलाई हार्दिक अपिल गर्नुभएको छ ।
यस दुखदघडीमा नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई एकदम सर्व सुलभ तरिकाले विक्रि वितरण गरिदिनको लागि पनि मेयर धर्मेन्द्र पटेलले व्यवसायीहरुलाई आग्रह गर्नुभएको हो ।